Availabilty : In Stock

Nepal ko Share Bazar By Rabindra Bhattarai [ book ]

Color : No color | Brand : No Brand
Nrs. 499

Variation

Quantity

Note

Nepal ko Share Bazar By Rabindra Bhattarai [ book ]

  • Language: Nepali
  • Binding: Paperback
  • Publisher: SRCS
  • Genre: Business/Self-Help
  • Pages: 249

 

पुस्तकको बारेमा

सेयर बजारबारे सामान्य पनि ज्ञान नभएका तर प्रवेश गर्न चाहनेलाई लक्ष्य गरी यो पुस्तक तयार पारिएको हो । सेयर के हो ? सेयर बजार के हो ? सेयर कसरी बाँडफाँड हुन्छ ? सेयरको कारोबार कसरी हुन्छ ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कस्तो कम्पनीमा लगानी गर्ने ? डिम्याट खाता के हो ? कसरी खोल्ने ? कहाँ खोल्ने ? नेप्से परिसूचक के हो ? यस्ता अनेकौं प्रश्नको उत्तर यो पुस्तकले समेटेको छ ।

 

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको सेयर बजार

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजार सम्बन्धि क्यानडियन सेक्युरिटिज कोर्ष गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड तथा इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराइसक्नु भएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने तथा छापिने गर्छन् । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानी सम्बन्धी तालिम दिइसक्नु भएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनु भएको छ । उहाँ सेयर बजारसम्बन्धी विभिन्न कार्यक्रममा धेरैपटक रेडियो तथा टेलिभिजनमा उपस्थित भइसक्नु भएको छ ।

यसबाहेक उहाँका अन्य प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशीमुद्राको प्राविधिक विश्लेषण, सेयर बजारका जिज्ञासाहरू, बैकिङ जिज्ञासाहरू, बिमा जिज्ञासाहरू, कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरू, सेयर बजार विश्लेषण, Stock Market in Nepal, How to Invest in Stock Market, Investment Management, Capital Structure Management, Financial Institutions and Markets प्रकाशित छन् । यसै गरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ ।

 

Specifications of Nepal ko Share Bazar By Rabindra Bhattarai

  • Brand
    No Brand
  • SKU
    108195206_NP-1029125572
  • Age Group
    Not Specified
  • ISBN/ISSN
    9789937217330

Ratings & Reviews of Nepal ko Share Bazar By Rabindra Bhattarai

4.8/5
5 Ratings
  •  
    4
  •  
    1
  •  
    0
  •  
    0
  •  
    0

Nepal ko Share Bazar By Rabindra Bhattarai [ book ]

Please Verify/Inspect the goods thoroughly and check for Damaged / Defective condition within same time of delivery given to you.
 
If found Damaged or in Defective condition, Please return the purchased item within same time of delivery given to you.
 
For all purchases made through internet banking, Credit cards and Gift cards we will process the refund through the respective payment gateways. The status of the refund will be reflecting in your bank account within 7 working days from the date of refund initiation.